-
१. नेपाल क्षेत्रफलका दृष्टिले विश्वको ९३ औँ र जनसँख्याको दृष्टिले ४१ औँ स्थानमा पर्छ ।२. नेपालको कुल क्षेत्रफलको ७.०६% जलक्षेत्रले ओगटेको छ ।३. काठमाण्डौको उचाई सरदर १३३८ मिटर छ ।४. नेपालको कुल अन्तर्राष्ट्रिय सिमा २९२६ कि.मि. छ, जसमध्ये १२३६ कि.मि. चीनसँग र १६९० कि.मि. भारतसँग छ ।५. नेपाललाई २०१८ वैशाख १ गते नेपाललाई १४ अञ्चल ७५ जिल्लामा विभाजन गरियो ।६. नेपाललाई २०२९ असार १३ गते ४ विकास क्षेत्रमा र २०३७ आश्विन २६ गते ५ विकास क्षेत्रमा विभाजन गरियो ।७. दुई जिल्लासँगमात्र सिमा जोडिएका जिल्लाहरु झापा, दार्चुला र कञ्चनपुर ३ जिल्ला हुन् ।८. वि.सं. २०६८ को जनगणना अनुसार सहरी जनसंख्या १७.०७% रहेको छ ।९. वि.सं. २०६८ को जनगणना अनुसार साक्षरता दर ६५.९% (पुरुषको ७५.१% र ५७.४%) रहेको छ ।१०. नेपालको प्रतिव्यक्ति आय ७२१ अमेरिकी डलर छ ।११. नेपालको उत्तर-दक्षिण चौडाई अधिकतम २४१ कि.मि. र न्यूनतम १४५ कि.मि. छ ।१२. नेपालको प्रमाणिक समय २०४२ बैशाख १ देखि निर्धारण गरिएको हो ।१३. नेपालको कान्छो जिल्ला कालिकोट २०३२ मंसिर २६ गते घोषणा भएको हो ।१४. नेपालको काश्मिर भनेर जुम्लालाई चिनिन्छ ।१५. नेपालको कुल भूमिको २० प्रतिशत भाग खेतीयोग्य भूमि रहेको छ ।१६. नेपालको राजदुतावासहरु ३१ वटा रहेका छन् ।१७. विदेशस्थित नेपालका महावाणिज्य दुतहरु ५ स्थानमा रहेका छन्; ल्हासा, हङ्कङ्, ग्वाङ्जाउ, कोलकत्ता र न्यूयोर्क ।१८. नेपालमा विदेशका आवासीय दुतावासहरु २६ वटा छन् ।१९. नेपालले वालश्रम उन्मूलन विषयक सन्धी, १९५७ लाई नेपालले सन् २००२ मा अनुमोदन गरयो ।२०. वालअधिकार सम्बन्धी महासन्धी, १९८९ लाई सन् १९९० सेप्टेम्बर १४ मा अनुमोदन गरयो ।२१. भ्रष्टचार बिरुद्ध संयुक्त राष्ट्रसंघीय महासन्धी, २००३ लाई नेपालले सन् २०११ फेब्रुअरी २४ मा अनुमोदन गरयो ।२२. हाल नेपालमा जम्मा ९ वटा विश्वविद्यालयहरु संचालनमा रहेका छन् ।२३. सबैभन्दा कम विद्यार्थी भएको विश्वविद्यालय लुम्बिनी विश्वविद्यालय हो ।२४. नेपाल सबभन्दा बढी पर्यटक आउने ५ देशहरु क्रमश: भारत, चीन, श्रीलंका, अमेरिका र बेलायत हुन् ।२५. नेपालका चार क्षेत्रीय विमानस्थलहरु पोखरा, विराटनगर, भैरहवा र नेपालगञ्ज हुन् ।२६. नेपालमा जम्मा ४४ वटा आन्तरिक विमानस्थल रहेकामा ३५ वटा सञ्चालनमा रहेका छन् ।२७. अन्तर्राष्ट्रिय उडान भर्ने नेपालका दुई विमान सेवाहरु नेपाल एयरलायन्स र बुद्ध एयर हुन् ।२८. नेपालसँग द्वीपक्षीय हवाई सम्झौता भएका देशहरुको संख्या ३६ रहेको छ ।२९. नेपाल टेलिभिजनलाई विश्वका ११६ देशबाट हेर्न सकिन्छ ।३०. वि.सं. २०१६ मा स्थापित नेपाल संवाद समिति र वि.सं. २०१७ स्थापित सगरमाथा संवाद समितिलाई एकिकृत गरी २०१८ फागुन ७ राष्ट्रिय समाचार समितिको स्थापना भयो ।३१. ४६ शब्द र १२८ अक्षरसहितको हालको राष्ट्रिय गान २०६३ मंसिर १४ गते छनोट भई २०६४ श्रावण १८ गते व्यवस्थापिका संसदमा धुनसहित सार्वजनिक गरियो ।३२. नेपालको नयाँ निशाना छाप २०६३ पौष १५ गतेदेखि लागू भएको हो । यो निशाना छाप कलाकारहरु नविन्द्रमान राजभण्डारी, हिमालय गौतम र कृष्ण श्रेष्ठबाट संयुक्त रुपमा तयार गरिएको हो ।३३. नेपालको पहिलो कारागार वि.सं. १९५१ मा वीर शमशेरका पालामा बनेको केन्द्रीय कारागार हो ।३४. नेपालका ७२ जिल्लामा जम्मा कारागार संख्या ७४ रहेका छन् ।३५. काठमाण्डौ र दाङ जिल्लामा २/२ कारागार छन् । धनुषा, बारा र भक्तपुरमा कारागार छैनन् ।३६. ह्यात्रुङ झरणाको वास्तविक नाम "हिङ्गुवा" हो ।३७. नेपालको सबैभन्दा चौडा सडक विराटनगर मेन लाइन २ कि.मि. लम्बाईको सडक हो ।३८. सबैभन्दा लामो पक्की पुल कर्णाली नदीको गेरुवा पुल हो ।३९. विश्वमा सबैभन्दा ठूलो लालीगुँरास फूल इलामको बुधबारेमा फूल्दछ ।विश्वमा सबैभन्दा सानो लालीगुँरास फूल रारातालको छेउछाउमा पाइन्छ ।
Monday, June 22, 2015
SET -3
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment