सामाजिक सुरक्षा भनेको के
हो? नेपालमा सामजिक सुरक्षासम्बन्धी के कस्ता कार्याक्रमहरु संचालन गरिएका छन्? १०(२+८),
ना.सु. २०७२
सामजिक
न्याय प्राप्तिका लागि विशेष वर्ग (गरिव, वेरोजगार, अशक्त, अपाङ्ग, महिला, बाल बालिका,
वृद्ध वृद्धा आदि) लाई राज्यले दिने विशेष सेवा सुविधा एवम् सहुलियतलाई सामजिक सुरक्षा भनिन्छ ।
सामाजिक सुरक्षा सामाजिक न्यायको अभिन्न अंग हो, जसले सामाजिक र आर्थिक रुपमा असुरक्षित रहेका,
जोखिममा रहेका विभिन्न वर्ग, समूह र व्यक्तिलाई विभिन्न उपाय, तरिकाबाट विशेष सहुलियत
तथा सहायताको सुनिश्चितता गर्दछ ।
नेपालमा
सामाजिक सुरक्षा सम्बन्धी भएका व्यवस्थाहरु
१.
७० वर्ष
पुगेका वृद्ध-वृद्धा तथा ६० वर्ष पुगेका एकल महिलालाई वृद्ध भत्ताको व्यवस्था
२.
विधवा
महिलालाई विधवा भत्ताको व्यवस्था
३.
युवा
स्वरोजगार कार्यक्रम तथा कर्णाली रोजगार कार्यक्रम
४.
कर्मचारीका
लागि सञ्चयकोष, नागरिक लगानीकोष जस्ता कार्यक्रमहरु
५.
वालवालिकाका
लागि छात्रवृद्धि कार्यक्रम
६.
रोजगारीजन्य
जोखिमलाई सम्बोधन गर्न कर्मचारीको पारिश्रमिकमा १ प्रतिशत कर लगाई सामाजिक सुरक्षा
कोषको स्थापना
७.
खाद्य
सुरक्षाका दृष्टिले जोखिममा रहेका जिल्ला लक्षित कार्यक्रमहरु
८.
विभिन्न
प्राविधिक शिक्षा कार्यक्रम
No comments:
Post a Comment