सूचनामूलक लेख
आयोगको सूचना तथा प्रकाशन शाखाका उप सचिव श्री
गीताकुमारी होमेगाईं र शाखा अधिकृत श्री सूर्यप्रसाद
सापकोटाले लोक सेवा आयोगको विज्ञापन र परीक्षाका
बारेमा सरोकारवालाहरुबाट बारम्बार सोधिने प्रश्नहरुको
सम्बन्धमा तयार पार्नुभएको जानकारीमूलक विषयवस्तु
१) अन्तर्वार्ता भनेको के हो ? आयोगमा अन्तर्वार्ता समितिको गठन कसरी
हुन्छ ?
निजामती सेवामा रिक्त पदपूर्तिको लागि उपयुक्त
उम्मेदवार छनौट
गर्न आयोगले लिने परीक्षाको तरिका मध्ये
अन्तर्वार्ता पनि एक हो ।
उम्मेदवार लिखित परीक्षाबाट छनौट भइसकेपछि
प्रयोगात्मक÷सीप
परीक्षा वा सामूहिक परीक्षण गर्नुपर्ने भएमा सो
पश्चात् उम्मेदवारको
अन्तर्वार्ता लिने गरिन्छ । अन्तर्वार्ता समितिका
पदाधिकारीबाट
लिखित परीक्षामा सफल उम्मेदवारलाई प्रश्नहरु
सोध्ने र उम्मेदवारले
जवाफ दिने कार्य नै अन्तर्वार्ता हो ।
अन्तर्वार्तामा उम्मेदवारको
पदका लागि चाहिने ज्ञानको स्तर, उक्त ज्ञानलाई व्यवहारमा उतार्न
उम्मेदवारमा देखिने उत्सुकता र प्रतिबद्धताको
अवस्था, बोल्ने,
घुलमिल हुने क्षमता, नेतृत्व दिने, समस्यालाई विश्लेषण गर्ने, तर्क
गर्ने क्षमता आदिको आधारमा अन्तर्वार्ताको
मूल्याङ्कन गरिन्छ । तर
उम्मेदवारको लिङ्ग, जाति,
वर्ण, क्षेत्रीयता, भेषभूषा आदि जस्ता
विषयहरुलाई मूल्याङ्कनको आधार लिइदैन ।
अन्तर्वार्ताका लागि आयोगको केन्द्रीय कार्यालयमा
अध्यक्ष वा
निजले तोकेको सदस्य वा अन्य कुनै व्यक्तिको
अध्यक्षतामा दक्ष
र विशेषज्ञ समेत रहेको अन्तर्वार्ता समिति गठन
हुने व्यवस्था
छ । यस्तै आयोगको क्षेत्रीय तथा अञ्चल
कार्यालयहरुमा हुने
अन्तर्वार्ताका लागि सम्बन्धित कार्यालय प्रमुख
वा निजले तोकेको
निकायका अधिकृत कर्मचारीको अध्यक्षतामा
अन्तर्वार्ता समिति
गठन हुने व्यवस्था छ । उक्त समितिमा अन्तर्वार्ता
लिन सम्बन्धित
विषयको विज्ञ, केन्द्रीय
प्रतिनिधिका रुपमा आयोगको केन्द्रीय
कार्यालयबाट खटिईने प्रतिनिधि र सदस्य रहने
व्यवस्था छ ।
यसरी अन्तर्वार्ता समिति गठन गर्दा समावेशी
सहभागिता
सुनिश्चित गर्नुपर्ने व्यवस्था छ । अन्तर्वार्ता
समितिमा महिला,
आदिवासी÷जनजाति, मधेसी, दलित, पिछडिएको क्षेत्रको
व्यक्तिमध्ये कम्तिमा एकजना सदस्य रहेमा समावेशी
सहभागिता
सुनिश्चित भएको मानिनेछ ।
२) परीक्षार्थीहरुको अग्रिम वा छुट अन्तर्वार्ता
लिन सकिने आधारहरु कुन
कुन हुन् ।
अग्रिम अन्तर्वार्ता लिन सक्ने आधारहरु ः लिखित
वा प्रयोगाात्मक
परीक्षाको प्रकाशित नतिजामा समावेश भएको कुनै
उम्मेदवारले
मनासिव कारण जनाई अन्तर्वार्ताको लागि तोकिएको
मितिभन्दा
अगाडि नै अन्तर्वार्ता लिइदिन सो को कारण उल्लेख
गरी दिएको
निवेदन मनासिव देखिएमा आयोगले त्यस्तो व्यक्तिको
लागि अग्रिम
अन्तर्वार्ता लिने व्यवस्था गर्न सक्नेछ ।
छुट अन्तर्वार्ता लिन सकिने आधारहरु ः कुनै
उम्मेदवारले देहायको
अवस्था परी अन्तर्वार्ताको लागि आयोगबाट निर्धारण
भएको मिति
र समयमा उपस्थित हुन नसकेमा उम्मेदवारले दिएका
निवेदनको
आधारमा निवेदकको व्यहोरा मनासिब देखेमा आयोगले
छुट
अन्तर्वार्ता लिने व्यवस्था गर्न सक्नेछ ः
क) काबू बाहिरको परिस्थिति परेमा,
ख) सरकारी कामको कारणबाट उपस्थित हुन नसकेमा,
ग) किरिया बस्नु परेमा,
घ) सुत्केरी भएमा,
ङ) अन्तर्वार्तामा उपस्थित हुन नसक्ने गरी
आकस्मिक बिरामी
भएमा ।
यसरी निवेदन दिँदा अन्तर्वार्ताका लागि आयोगबाट
निर्धारण
भएको मिति र समयमा उपस्थित हुन नसकेको कारणको
प्रमाण
सहित अन्तर्वार्ताका लागि तोकिएको मितिले किरिया
बस्नु परेको
हकमा पन्ध्र दिन र अन्य अवस्थाको हकमा सात
दिनभित्र निवेदन
दिनुपर्नेछ ।
अग्रिम वा छुट अन्तर्वार्तामा समावेश हुने
उम्मेदवारले आयोगले
निर्धारण गरे बमोजिमको दस्तुर बुझाउनु पर्नेछ ।
३) निजामती सेवामा समावेशी पदपूर्तिका लागि
प्रतिशत निर्धारण गर्दा
पिछडिएको क्षेत्र भनी कुन कुन जिल्लालाई लिइएको छ
?
निजामती सेवा ऐन, २०४९ को दफा ७ मा निजामती सेवालाई
समावेशी बनाउन खुला प्रतियोगिताद्वारा पूर्ति
हुने पदहरु मध्ये
पैतालीस प्रतिशत पद छुट्याई सो प्रतिशतलाई
शतप्रतिशत मानी
सो मध्ये चार प्रतिशत पद पिछडिएको क्षेत्रका लागि
छुट्याई
सो क्षेत्रका उम्मेदवारबीचमा मात्र छुट्टाछुट्टै
प्रतिस्पर्धा गराई पदपूर्ति
गर्नुपर्ने व्यवस्था रहेको छ । जसमा पिछडिएको
क्षेत्रका रुपमा
अछाम, कालिकोट, जाजरकोट, जुम्ला, डोल्पा, बझाङ,
बाजुरा,
मुगु र हुम्लालाई लिइएको छ ।
४) वैकल्पिक उम्मेदवार भनेको के हो ? यस्तो उम्मेदवारको संख्या
कसरी निर्धारण गरिन्छ ?
बैकल्पिक उम्मेदवार भनेको आयोगका लिखित, प्रयोगात्मक
(प्रयोगात्मक परीक्षा हुने हकमा) परीक्षा तथा अन्तर्वार्ता समेतबाट
योग्यताक्रम कायम गर्दा सिफारिश हुनका लागि माग
पद भित्र
पर्न नसकेका तर सो लगत्तै योग्यताक्रममा परि
निर्धारित संख्यामा
निकाल्नु पर्ने उम्मेदवार हुन् । नियुक्तिको लागि
सिफारिश गरिएका
मुख्य उम्मेदवारले नियुक्तिको सूचना पाएको वा
सूचना प्रकाशित
भएको मितिले तीस दिनभित्र नियुक्ति पत्र नलिएमा
तथा नियुक्तिको
लागि सिफारिश गरिएको उम्मेदवारको सिफारिश भएको
मितिले
एक वर्ष भित्र मृत्यु भई वा निजले नियुक्ति लिएको
पदबाट
राजीनामा दिई वा निजको अन्य पदमा नियुक्ति भई
निजले नियुक्ति
लिएको पद रिक्त हुन आएमा वैकल्पिक उम्मेदवारको
सूचिमा रहेका
उम्मेदवारलाई योग्यताक्रम अनुसार नियुक्तिको लागि
सिफारिश गर्ने
व्यवस्था रहेको छ । साथै आयोगको विज्ञापन बमोजिम
परीक्षामा
उम्मेदवार हुन कुनै व्यक्तिले पेश गरेको कुनै
विवरण झुट्टा वा
गलत प्रमाणित भएमा आयोगले त्यस्तो उम्मेदवारको
दरखास्त
वा परीक्षा वा अन्तर्वार्ता वा नियुक्तिको
सिफारिश रद्द गर्न सक्ने,
यसरी रद्द भएमा पनि आयोगले योग्यताक्रम अनुसार
बैकल्पिक
उम्मेदवारलाई नियुक्तिको लागि सिफारिश गर्ने
व्यवस्था रहेको
छ । यसरी वैकल्पिक सिफारिश गर्नको लागि पद रिक्त
भएको
कार्यालयबाट सिफारिशका लागि माग भई आउनुपर्दछ ।
आयोगबाट उम्मेदवारको अन्तिम नतिजाको लागि
योग्यताक्रमको
सूची प्रकाशन गर्दा देहाय बमोजिम संख्यामा
बैकल्पिक उम्मेदवार
सूची प्रकाशन गर्नु पर्नेछ ।
क्र.सं. माग भएको रिक्त पदसंख्या वैकल्पिक
उम्मेदवार संख्या
१. १ देखि ३ सम्म भएमा १
२. ४ देखि ८ सम्म भएमा २
३. ९ देखि १५ सम्म भएमा ३
४. १६ देखि २० सम्म भएमा ४
५. २१ वा सो भन्दा माथि २० प्रतिशत
तर एकीकृत परीक्षा प्रणाली अन्तर्गतको विज्ञापनको
हकमा भने
उम्मेदवारले उल्लेख गरेको प्राथमिकता क्रमको
आधारमा सिफारिश
योग्यताक्रममा नपरेका सबै उम्मेदवार समावेश हुने
गरी बैकल्पिक
उम्मेदवारको सूची प्रकाशन गर्नुपर्नेछ । बैकल्पिक
उम्मेदवारको
सूची तयार गर्दा एकभन्दा बढी उम्मेदवारको अन्तिम
प्राप्ताङ्क समान
भएमा समान प्राप्ताङ्क हुने सम्मको नामावली
प्रकाशन गर्ने गरिन्छ ।
साथै आवश्यक भन्दा कम उम्मेदवार भएमा कम संख्यामा
नै
वैकल्पिक उम्मेदवारको सूची प्रकाशन गर्ने गरिन्छ
।
५) उम्मेदवारको अन्तिम नतिजाको लागि योग्यताक्रम
सूची प्रकाशन गर्दा
कूल प्राप्ताड्ढ बराबर भएमा कसरी योग्यताक्रम
कायम गरिन्छ ?
आयोगबाट अन्तिम नतिजा प्रकाशनको लागि आयोगबाट
लिइएको
अन्तिम चरणको परीक्षाको समेत उम्मेदवारले प्राप्त
गरेको कूल
अङ्कको आधारमा योग्यताक्रम सूची तयार गर्नुपर्नेछ
। यस्तो सूची
तयार गर्दा उम्मेदवारको कुल प्राप्ताङ्क बराबर
भएमा देहायका
आधारमा योग्यताक्रम कायम गरिनेछ ः
क) लिखित परीक्षा हुनेमा लिखित परीक्षाको
प्राप्ताङ्कको
आधारमा,
ख) लिखित परीक्षा र प्रयोगात्मक परीक्षा हुने
माथि उल्लेखित
(क) अनुसार योग्यताक्रम नछुट्टिएमा प्रयोगात्मक परीक्षाको
प्राप्ताङ्कको आधारमा,
ग) माथि उल्लेखित खण्ड (ख) बमोजिम पनि
उम्मेदवारको
योग्यताक्रम नछुट्टिएमा अन्तर्वार्ताको
प्राप्ताङ्कको आधारमा,
घ) खण्ड (ग) बमोजिम पनि उम्मेदवारको योग्यताक्रम
नछुट्टिएमा
सम्बन्धित पदको सेवा प्रवेशको लागि तोकिएको
न्यूनतम
शैक्षिक योग्यताको प्राप्ताङ्कको प्रतिशतको
आधारमा,
ङ) खण्ड (घ) बमोजिम पनि उम्मेदवारको योग्यताक्रम
नछुट्टिएमा
विज्ञापन गरिएको पदभन्दा एक तह मुनिको पदमा बहाल
रहेको व्यहोरा दरखास्त फाराममा उल्लेख गरेको भए
त्यस्तो
पदको जेष्ठताको आधारमा
च) खण्ड (ङ) बमोजिम पनि उम्मेदवारको योग्यताक्रम
नछुट्टिएमा
उम्मेदवारको ज्येष्ठताको आधारमा
छ) अन्तर्वार्ताबाट मात्रै छनौट गरिने पदका हकमा
खण्ड (घ),
(ङ) वा (च) को आधारमा ।
६) उत्तरपुस्तिका सम्परीक्षण र पुनर्योग भनेको के
हो ?
उत्तरपुस्तिका सम्परिक्षण भन्नाले एकपटक परीक्षण
भइसकेका उत्तर
पुस्तिकालाई फेरि दोहो¥एर परीक्षण गराउने कार्यलाई बुझाउँछ ।
आयोगबाट लिइने लिखित परीक्षाको उत्तरपुस्तिकाको
परीक्षण आयोगको
केन्द्रीय कार्यालयको हकमा आयोगले तोकेको र
आयोगको क्षेत्रीय
निर्देशनालय तथा अञ्चल कार्यालयको हकमा तत् तत्
कार्यालयका
प्रमुखले तोकेको सम्बन्धित विषयको दक्ष वा
विशेषज्ञबाट गराउने
व्यवस्था छ । यसरी दक्ष विशेषज्ञबाट परीक्षण गरी
प्राप्त उत्तरपुस्तिकाहरु
उम्मेदवारले लेखेको सबै उत्तर परीक्षण गरी अंक
दिइएको छ÷छैन,
परीक्षकले दिएका सबै अंकहरु ठीकसँग जोडिएको छ÷छैन लगायत
आयोगले तोकेको अन्य आधारहरुमा आयोगले आवश्यक
देखेमा
सम्बन्धित विषयको दक्ष वा विशेषज्ञबाट परीक्षण भई
प्राप्त भएका
उत्तरपुस्तिकाहरु मध्ये सबै वा केही
उत्तरपुस्तिका सम्परीक्षण गराउन
सक्ने र यसरी सम्परीक्षण गर्दा दक्ष वा
विशेषज्ञले पालना गर्नुपर्ने शर्तहरु
पालना भएको नपाइएमा त्यस्ता उत्तरपुस्तिकाको पुन
परीक्षण गराइनेछ ।
पुनर्योग भनेको परीक्षामा उम्मेदवारले प्राप्त
गरेको अंक आयोगले
सञ्चालन गरेको लिखित परीक्षाको नतिजा प्रकाशन
भएपछि कुनै
उम्मेदवारले आफ्नो लिखित परीक्षाको प्राप्ताङ्कमा
चित्त नबुझी कुनै
वा सबै पत्रको पुनर्योग गरी पाउँ भनी पुनर्योग गर्नुपर्ने
पत्र उल्लेख गरी
सो पदको लिखित परीक्षाको नतिजा प्रकाशन भएको
मितिले सात
दिन भित्र आयोगको सम्बन्धित कार्यालयमा निवेदन
दिनुपर्नेछ,
यसरी
निवेदन दिँदा सो पदको लागि तोकिएको परीक्षा
दस्तुरको आधा दस्तुर
संलग्न गर्नुपर्नेछ ।
यस्तो निवेदन आएकोमा सम्बन्धित कार्यालयको
प्रमुखले लिखित
परीक्षाको प्राप्ताङ्कको पुनर्योग गरी निवेदकलाई
सो को नतिजा जानकारी
गराउनुपर्छ । पुनर्योगको आधारमा लिखित परीक्षाको
नतिजा परिवर्तन
हुने भएमा सो अनुसार गर्नुपर्दछ ।
लिखित परीक्षाको नतिजा प्रकाशन भएपछि निवेदकको
निवेदनको
आधारमा पुन परीक्षण हुने व्यवस्था छैन । पुनर्योग
हुने व्यवस्था छ ।
७) के कस्ता सार्वजनिक निकाय÷संस्थाहरुमा लोक सेवा आयोगको
पदपूर्ति प्रक्रियामा संलग्नता रहेको छ ?
लोक सेवा आयोगले योग्यता प्रणालीको संरक्षण गर्दै
मर्यादित र
निष्पक्ष तरिकाले परीक्षा सञ्चालन गरी उपयुक्त
उम्मेदवारको छनौटका
साथै नियुक्तिका लागि सम्बन्धित निकायलाई सिफारिश
गर्दछ । सो
प्रक्रियाका सम्बन्धमा देहायका सार्वजनिक निकाय÷संस्थाहरुमा लोक
सेवा आयोगको पदपूर्ति प्रक्रियामा संलग्नता रहेको
छ ः
(क) नेपालको अन्तरिम संविधान २०६३ को धारा १२६ मा
व्यवस्था भएअनुसार निजामती सेवाका पदहरु, स्वास्थ्य सेवा र
व्यवस्थापिका–संसद सेवाको
पदपूर्ति सम्बन्धी कार्य ।
(ख) सोही धारा अनुसार सुरक्षा निकायहरु नेपाली सेना, सशस्त्र प्रहरी,
नेपाल प्रहरी तर्फको पदपूर्ति तथा राष्ट्रिय
अनुसन्धान तर्फका
पदपूर्तिको नियुक्ति र बढुवा सम्बन्धी कार्यको
सामान्य सिद्धान्तमा
परामर्श दिएर ।
(ग) सोही धारा अनुसार सार्वजनिक संस्थानहरुको पदपूर्तिमा, नियुक्ति,
बढुवा र विभागीय सजायका सम्बन्धमा सामान्य
सिद्धान्तको
बारेमा परामर्श दिएर ।
(घ) निजामती सेवा ऐन, २०४९ तथा नियमावली, २०५० को व्यवस्था
अनुसार बढुवा समितिमा संलग्न भएर
(ङ) विभिन्न ऐन, नियमावली, निर्देशिका, विनियमावलीले व्यवस्था
गरेबमोजिमको निकायबाट माग भई आएअनुसार सार्वजनिक
निकायहरु जस्तैः स्थानीय निकायहरु, नेपाल विद्युत प्राधिकरण,
नेपाल टेलिकम, राष्ट्रिय दलित आयोग
।
यसरी प्रतिनिधित्व गरेका निकायहरुको विवरण आयोगले
गोरखापत्र
र आयोगको धभदकष्तभ मा आर्थिक वर्षको शुरुमा
प्रकाशित समेत गर्ने
गरेको छ ।
–लाेकसेवा अायाेग समाचारपत्र अक १६ बाट
No comments:
Post a Comment