समसामयीक घट्नाक्रम

२०७२ सालका समसामयीक घट्नाक्रम

बैशाख-२०७२

१.       मिस नेपाल-२०१५ विजेता - इभाना मानन्धर
२.       लोकसेवा आयोगले अनलाइन फर्म भर्ने कार्यको सुरुवात गरेको – २०७२ बैशाख ८ गते
३.       काठमाण्डौ उपत्यकामा ४० माइक्रोन तथा २०´३५ इन्च साइजका प्लाष्टिक प्रतिवन्ध भएको – २०७२।०१।०१
४.       सूर्य बहादुर थापाको निधन – ०७२ बैशाख २ गते
५.       काठमाण्डौ-जुम्ला सोझो बस सेवा संचालन – २०७२ बैशाख १०
६.       नेपालमा ७.८ (७.६) म्याग्निच्युडको महाभुकम्प – ०७२ बैशाख १२ समय ११:५६
७.       एकदिनपछि ६.९ रेक्टर स्केलको भुकम्प – ०७२ बैशाख १३, समय १२:५४
८.       ६.८ म्याग्निच्युडको अर्को भुकम्प – ०७२ बैशाख २९, १२:५०

जेठ

९.       कालीगण्डकी नदी थुनिएको – जेठ १० गते
१०.   मिस मध्यपश्चिम - रुकुमकी एलिना एरी मगर

असार

११.   निजामती कर्मचारीका तर्फबाट भुकम्प पिडितलाई राहत रकम असार ३ गते हस्तान्तरण – ३६ करोड ६ लाख ५२ हजार
१२.   मदर टेरेसाका उत्ताराधिकारी सिस्टर निर्मलाको कोलकतामा निधन – ०७२ असार ०८
१३.   नेपालको पुनर्निमाणका लागि दाताहरुले प्रतिवध्दता गरेको रकम – ४ खर्ब ४० अर्ब रुपैयाँ (४ अर्ब ४० करोड डलर)
१४.   असार १६ बाट कृषक परिचयपत्र वितरण सुरुवात – बाग्लुङ जिल्ला
१५.   "आदिकवि भानुभक्त पुरस्कार-२०७२" प्रदान - आर.डी. प्रभास चटौट
१६.   वि.पी. राजमार्ग हस्तान्तरण – २०७२ असार १८
१७.   महिला विश्वकप फूटबल विजेता – अमेरिका
१८.   प्रधानन्याधीशमा नियुक्त - कल्याण श्रेष्ठ
१९.   कल्याण श्रेष्ठ नेपालको प्रधानन्याधीश – २५ औँ
२०.   आ.व. ०७२\७३ को नीति तथा कार्यक्रम सार्वजनिक – असार २३
२१.   संविधानसभा मस्यौदामाथी सुझाव संकलन – असार २४ देखि श्रावण ७ सम्म
२२.   निजामती ऐन संशोधन विद्येक पारित - असार २५ (२६)
२३.   आ.व. ०७२\७३ को वजेट भाषण – ८ खर्ब १९ अर्ब ६४ करोड ८८ लाख
२४.   मधुपर्क सम्मान २०७१ बाट सम्मान – गद्यमा डा. केशवप्रसाद उपाध्याय र पद्यमा द्वारिका श्रेष्ठ
२५.   प्रथम अन्तर्राष्ट्रिय योग दिवस – सन् २०१५ जुन २१ मा
२६.   मेकङ भनी चिनिएका ५ राष्ट्रहरु – थाइल्याण्ड, म्यानमार, कम्बोडिया, भियतनाम र लाओस
२७.   नेपालको कुटनीतिक सम्बन्ध कायम भएको १३९ औँ राष्ट्र – कजाकस्तान (जुन ३०, २०१५)
२८.   U-20 विश्वकप २०१५ को विजेता – सर्विया (ब्राजिल-दोस्रो)
२९.   राकेपका अठारौँ सदस्य सचिव – केशव विष्ट (असार १०)
३०.   महिला विश्वकप फूटबल प्रतियोगिता २०१५ को विजेता – अमेरिका (जापान ५-२ ले पराजित)
३१.   नेपालको बजेट २०७२\७३ ले आगामी वर्षको आर्थिक वृद्धिको प्रक्षेपण - ६ प्रतिशत
३२.   विश्व जनसंख्या दिवस -२०१५ जुलाई ११ को अवसरमा प्रस्तुत नेपालको जनसंख्या – २ करोड ८० लाख ५८ हजार २ सय २

श्रावण

३३.   नेपाल सरकारका मूख्य सचिवमा सोमलाल सुवेदी नियुक्त – २०७२ श्रावण २०
३४.   नेपालका लागि नयाँ अमेरिकी राजदूत – एबी टेपलिज (एलियानिया बी)
३५.   पुननिर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत – प्रा.डा. गोविन्दराज पोखरेल

भाद्र

३६.   राष्ट्रिय सूचना दिवस – भदौ ३
३७.   सार्कको सातौँ अर्थमन्त्री स्तरीय बैठक सुशील कोइरालाद्वारा उद्घाटन – भदौ ३ गते
३८.   स्वामी प्रपन्नाचार्यको निधन– भदौ ४ गते
३९.   कैलालीको टिकापुरमा थरुहट समर्थक प्रदर्शनकारीको आक्रमण – भदौ ७ गते
४०.   नेपालले U-19 साफ जितेको – भदौ १२
४१.   चन्द्र बहादुर डाँगीको निधन – भदौ १८ गते
४२.   नवौँ मानव वेचविखनविरुद्धको राष्ट्रिय दिवस -  भदौ २० (नारा: हामी सबै मिली गरौँ विपदको सामना, मानव वेचविखनको अन्त्य हाम्रो कर्तव्य र चाहना)
४३.   काठमाण्डौ जिल्ला प्रशासन कार्यालयले डिजिटल डिस्प्ले प्रणालीमार्फत सेवा सुरु गरेको - भदौ २२
४४.   भदौ २४ गते प्रधानसेनापतिमा नियुक्त – राजेन्द्र क्षेत्री
४५.   राजेन्द्र क्षेत्री प्रधानसेनपति – ४२ औँ
४६.   बाल दिवस २०७२ को नारा: पुननिर्माण र नयाँ संविधान: बाल अधिकारको संरक्षण हाम्रो अभियान
४७.   संविधानसभाको संविधान माथि २०७२ भदौ ३० मतदान: पक्षमा ५०७, विपक्षमा २५ र  बहिस्कारमा ५७ मत
४८.   पहिलो मिस युथ नेपाल -२०१५ को उपाधि विजेता – दिपिका केसी
४९.   केही पुरस्कार तथा सम्मानहरु – पद्मश्री साधना सम्मान –मह जोडी, पद्मश्री पुरस्कार- उपेन्द्र सुब्बा (लाटो पहाड) र मोहन मैनाली (मान्ठा डराएको जुग), नारी रत्न पुरस्कार- माया ठकुरी, गोपाल पाण्डे असीम पुरस्कार- नगेन्द्रराज शर्मा

अशोज

५०.         प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताले संविधानको प्रतिमा हस्ताक्षर गरेका – अशोज १
५१.         सरकारले २६ वटा नयाँ नगरपालिका र एक उपमहानगरपालिका थप गरेको – अशोज १
५२.         लखन थापालाई नेपालको पहिलो सहिद घोषणा गरिएको – आश्विण ३
५३.         B-20 को गठन – अक्टोबर ८
५४.         संयुक्त राष्ट्रसंघको ७० औँ महासभामा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व – प्रकाशमान सिंह
५५.         केपी शर्मा ओली प्रधानमन्त्री – ३८ औँ
५६.         हाल नेपाल सरकारको महान्याधीवक्ता – हरिकृष्ण कार्की
५७.         डायमन प्रतिभा पुरस्कार, २०७२ मा – नीरविक्रम शाहलाई
५८.         नेपाल लगायतका साना २० देशले जलवायु परिवर्तनका असरसँग जुध्न हालै गठन गरेको संगठन – B-20
५९.         B-20 को पहिलो बैठकमा अध्यक्षता गर्ने राष्ट्र – फिलिपिन्स
६०.         हालका उपसभामुख – गंगा प्रसाद यादव
६१.         केपी वली प्रधानमन्त्रीमा निर्वाचित – २०७१२ अशोज २४ गते
६२.         ब्राण्ड भ्यालुको आधारमा हहाल विश्वको पहिलो कम्पनी – एप्पल
६३.         मेक्सिको २३ October 2015 मा आएको आँधी – Patricia
६४.         अन्तर्राष्ट्रिय बालिका दिवस – ११ October
६५.         ICC U-19 क्रिकेट विश्वकप छनोट २०१५ आयोजना – मलेसियामा
६६.         बेलायतसँग हालै आणविक प्लाण्ट निर्माण सम्बन्धी सम्झौता गरेको एसियाली मुलुक – चीन
६७.         ओनसरी घर्ती सभामुखमा निर्वाचित – २०७२ अशोज २९
६८.         गंगाप्रसाद यादव उपसभामुख पदमा निर्वाचित – २०७२ अशोज २९
६९.         सन् २०१५ को नोवेल पुरस्कार: शान्तितर्फ नेसनल डाइलग क्वार्टेट, साहित्यतर्फ स्वेतलाना एलेक्सियाविच, अर्थशास्त्रतर्फ एंगस डिडान, भौतिकशास्त्रतर्फ जापानका ताकाकी काजिता र क्यानडाका वैज्ञानिक अर्थर म्याकडोनाल्ड, रसायनशास्त्रतर्फ बेलायतका तोमस लिन्दान तथा अमेरिकाका मोडरिक र अजिज साकन्दर, चिकित्साशास्त्रतर्फ चीनका टु युयु, जापानका साटोसी ओमुदा र आयरल्याण्डका विलियम क्याम्पवेल
७०.         सेप्टेम्बर १५ मा अष्ट्रेलियाका प्रधानमन्त्री – मालकम टर्नबुल
७१.         सेप्टेम्बर २४ मा साउदी अरबको मक्कामा भागदौड हुँदा मृत्यु हुनेको संख्या – ७१७
७२.         नवनियुक्त ग्रीस प्रधानमन्त्री – अलेक्सीस सिफास
७३.         दोस्रो संविधानसभाको निर्वाचनको खर्च - रू. १ अर्व ६० करोड ३८ लाख

 कार्तिक

७४.         सभामुख ओनसरी घर्तीले आफ्नो पदभार ग्रहण गरेको – २०७२ कार्तिक १
७५.         नयाँ संविधान अनुसार निर्माण गर्नुपर्ने नयाँ कानुन – १३८ विषय
७६.         काले राईको मृत्यु – कार्तिक ४
७७.         विद्या भण्डारी राष्ट्रपतिमा निर्वाचित – कार्तिक ११ (सपथ १२ गते)
७८.         उपराष्ट्रपतिमा नन्द बहादुर पुन निर्वाचित – कार्तिक १४  (सपथ १५)
७९.         राष्ट्रिय योजना आयोगका उपाध्यक्षमा युवराज खतिवडा नियुक्त भएका – कार्तिक १८
८०.         साझा यातायातले स्मार्ट कार्ड सुरुवात गरेको – कार्तिक ३०

मंसिर

८१.         राष्ट्रिय कफी दिवस – मंसिर १ गते
८२.         चौथो राष्ट्रिय कर दिवस २०७२ मंसिर १ गतेको नारा: 'समृद्ध राष्ट्र निर्माण र फराकिलो कराधार: करदातामैत्री एवं सुदृढ कर प्रणाली पुर्वाधार'
८३.         उत्तरपुस्तिका परीक्षण सम्बन्धमा प्रयोग हुने कम्प्यूटराइज्ड विधि OMR को पुरा रुप: Optical Mark Reader
८४.         राष्ट्रिय कर दिवस – मंसिर १ गते सम्मानित बढी कर तिर्ने करदाताहरु:
प्रकाशन गृह: गोरखापत्र संस्थान
अन्तशुल्क: सूर्य नेपाल प्रा.लि.
उद्योग: CG फूड प्रा.लि.
वाणिज्य बैंक: नविल बैंक
संस्था: Ncell
भ्याट: NTC
व्याक्ति: प्रगुण राजभण्डारी
महिला: जया शाह
८५.         महागुरु फाल्गुनन्दको जन्मदिन कार्तिक २५(१९४२) लाई सार्वजनिक विदा दिने निर्णय: मंसिर ३, २०७२
८६.         वर्ल्ड हस्पिटालिटी अवार्ड-२०१५ बाट सम्मानित हुने व्यक्ति – महेश ढकाल (होटल साङ्ग्रिला)
८७.         दिगो सहर निर्माण विषयमा सेप साउथ एसिया-२०१५ – मंसिर ४-५ (नोभेम्बर २०-२१)
८८.         अर्जेन्टिनाका नवनिर्वाचित राष्ट्रपति – माउरिसियो माकरी
८९.         मंसिर ६ मा सम्पन्न दशौँ SAARC वृत्तचित्र महोत्सवमा प्रथम हुने वृत्तचित्र – ड्रइङ द टाइगर
९०.         अनलाइन राहदानी फाराम दर्ता सुरु – मंसिर ७
९१.         CNN Hero-2015 – म्यागी डोयन
९२.         सरकारले २ वर्षे तात्कालीन कृषि सुधार कार्ययोजना पारित गरेको – २०७२ मंसिर २४
९३.         टाइम वर्ष व्याक्ति २०१५ – एन्जेला मर्केल
९४.         प्रमुख निर्वाचन आयुक्तमा डा. अयोधिप्रसाद यादव भएका – मंसिर २२
९५.         संयुक्त राष्ट्र संघको ७० औँ महासभाको नारा : राष्ट्र संघका ७० वर्ष, शान्ति सुरक्षा र मानव अधिकारका मार्ग
९६.         मिस हेरिटेज इन्टरनेश्नल २०१५ विजेता – भिक्टोरिया फाम (भियतनाम)
९७.         २० औँ पूर्ण साक्षर जिल्ला – भक्तपुर (२०७२ मंसिर २७)
९८.          राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप २१) – फ्रान्सको पेरिस (२०१५ नोभेम्बर ३०-डिसेम्बर ११)
९९.         International volunteers day – Dec 5
१००.      डिजिटल हस्ताक्षर सुरुवात – २०७२ मंसिर १६
१०१.      बैंक अफ दी इयर – २०१५ बाट सम्मानित बैंक – स्टान्डर्ड चार्टड बैंक (चौथो पटक)
१०२.      रु. २ लाखको विज्ञान तथा प्रविधि प्रज्ञा पुरस्कार-२०७२ बाट सम्मानित – प्रा.डा. छविलाल गजुरेल
१०३.      भारती खरेल स्मृति पुरस्कारबाट सम्मानित – प्रा. चेतनाथ शर्मा आचार्य
१०४.      नेपाल ओलम्पिक कमिटी (NOC)NRN बीच नेपालको खेलकुद विकासको लागि सम्झौता भएको – २०७२ मंसिर १३
१०५.      दुई वर्षभित्र मुलुकलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने उद्येश्य सहित कृषि विकास मन्त्रलायका प्रतिवद्धताहरु-२०७२ सार्वजनिक भएको – २०७२ मंसिर १३
१०६.      सवारी चालक अनुमती पत्रमा स्मार्ट कार्डको व्यवस्था भएको – २०७२ मंसिर १४
१०७.      एसियाली सर्वश्रेष्ठ फूटबलर-२०१५ – अहमद खलिल (UAE)
१०८.      सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुने मिति – २०७२ फाल्गुन १८-२३
१०९.      पेरिस आक्रमण – २०१५ नोभेम्बर १३
११०.      सन् २०१५ डिसेम्बर १ मा मनाइएको २८ औँ विश्व एड्स दिवसको नारा : दिगो विकास लक्ष्य प्राप्तिका लागि एड्स महामरीको अन्त्य

पुष

१११.      प्रधानसेनापति महिला फुटबल उपाधि विजेता - एपीएफ
११२.      सन् २०१५ डिसेम्बर १९ मा चीनमा सम्पन्न ५६ औँ मिस वर्ल्ड २०१५ का विजेता – स्पेनकी मेरिया लालागुना रोयो
११३.      पुननिर्माण प्राधिकरण विद्येक पारित भएको – २०७२ पुस १
११४.      सशस्त्र प्रहरीका का.मू. दुर्ज कुमार राई भएका – पुस ३
११५.      सन् २०१५ को सर्वोकृष्ट क्रिकेटर – स्टिभ स्मिथ
११६.      खानेपानी तथा सरसफाई मन्त्रालयको स्थापाना – २०७२ पुस ९
११७.      चिनिया नागरिकलाई भिसा शुल्क नलाग्ने  व्यस्था – २०७२ पुस १०
११८.      सरकारले पुस १० गते राष्ट्रिय पुनर्निमाण प्राधिकरणको कार्यकारी प्रमूखमा नियुक्त – सुशील ज्ञवाली
११९.      'काठमाण्डौ इन्टरनेश्नल माउन्टेन फेस्टिवल(किम्फ) २०१५  को विजेता – टासी एण्ड मङ्क
१२०.      एएफपी वर्ष व्याक्ति र फोर्ब्सको चर्चित महिला २०१५ – एन्जेला मर्केल
१२१.      हालै २१ डिसेम्बर २०१५ मा चिनिया मुद्रा युआनलाई आधिकारिक रुपमा प्रयोग गर्ने घोषणा गर्ने अफ्रिकन देश - जिम्बावे
१२२.      चीनमा दुई सन्तान जन्माउन पाउने नीति – २०१६ जनवरी १
१२३.      टोपी दिवस – जनवरी १ (तेस्रो-२०७२)
१२४.      'केही नेपाल ऐन संशोधन विद्येक' दर्ता -२०७२ पुस १७
१२५.      दशौँ साफ च्याम्पीयनसीप – बंगलादेशमा हुने
१२६.      २०७२ पौषमा आयोजित १२ औँ हात्ती महोत्सवमा हात्ती लस्काईमा प्रथम हुने – एकताकली 'बी'
१२७.      वेलायतको 'रफ गाइड' को प्रतिवेदन अनुसार सन् २०१६ को लागि उत्कृष्ट गन्तव्यहरू – क्रमश: नेपाल, कोलम्बिया, क्युवा
१२८.      BBC Sports personality 2015 – एण्डी मुर्रे
१२९.      लैनसिंह वाङ्देल पुरस्कार (२०७२) – झमक घिमिरे
१३०.      पृथ्वी पुरस्कार (२०७२) – बैकुण्ठ मानन्धर
१३१.      फिफा वर्ष खेलाडी २०१५ – लियोनल मेस्सी
१३२.      द बैंकरको उत्कृष्ट अर्थमन्त्री – डा. रामशरण महत
१३३.      किवी महोत्सव – इलाम
१३४.      'आर्थिक पुनरुध्दार कोष' – २०७२ पुस २१
१३५.      मुस्ताङ जिल्लामा हावाबाट ३ सय मेघावाट बिजुली निकाल्ने प्रस्ताव राख्ने कम्पनी – द गोर्खाज युके
१३६.      साफ च्याम्पियनसिप २०१७ आयोजना – बंगलादेशमा
१३७.      राष्ट्र संघीय राजनीतिक मामिला प्रमुख जेफ्रे फेल्टम्यान नेपाल आएका – २०७२ पुस २३
१३८.      उत्तर कोरियाले हाइड्रोजन बम परिक्षण गरेको – 6 Jan 2016

विविध जानकारी

ढोरपाटन राष्ट्रिय महिला डबल लिग भलिबल प्रतियोगिताको उपाधि जित्ने टिम - एपीएफ
अन्य विविध र समसामयिक जानकारीहरु
१.       २०७२ सालको ज्यापु दिवस – १२ औँ
२.       संयुक्त राष्ट्र संघले २०१६ लाई – अन्तराष्ट्रिय दलहन वर्ष
३.       अमेरिकामा 'नेशनल इन्डामेन्ट फर दी आर्टस' अवार्ड प्राप्त गर्ने नेपाली – सम्राट उपाध्याय
४.       'केही नेपाल ऐन संशोधन विद्येक' ले संशोधन गर्ने ऐन ‍- १९३ वटा
५.       तेस्रो अन्तरराष्ट्रिय टोपी दिवसको नारा – 'नेपाली पोशाक लगाऔँ, राष्ट्रियता जोगाऔँ'
६.       चीनका लागि नेपाली राजदुत – महेषकुमार मास्के
७.       साफ च्याम्पीयनसिप सुरु – सन् १९९३
८.       प्रस्तावित तामाकोशी तेस्रो जलविद्युत आयोजना – ६५० मेघावाट
९.       सन् २०१८ सम्मको लागि युनिसेफको कार्यकारी बोर्डमा नेतृत्व – दुर्गाप्रसाद भट्टराई
१०.   SAFF का अध्यक्ष काजी सलाउद्दिन अहमद – बंगलादेशी
११.   म्यागासेसे पुरस्कार प्राप्त गर्ने प्रथम नेपाली – महेशचन्द्र रेग्मी
१२.   विवाद समाधानको लागि गठित अन्तरप्रदेश परिषदको अध्यक्ष – प्रधानमन्त्री (सदस्यहरु: गृह, अर्थ र मुख्यमन्त्री)
१३.         भुटान सरकारले 'नेसनल अर्डर अफ मेरिट गोल्ड' बाट सम्मान गरेको व्याक्ति – डा. सन्दुक रुइत
१४.         नेपालको संविधानमा संवैधानिक इजलास गठनसम्बन्धी व्यवस्था कुन धारामा -१३७
१५.         नेपालको संविधानमा उच्च अदालत (प्रत्येक प्रदेशमा हुने) गठनसम्बन्धी व्यवस्था कुन धारामा -१३९
१६.         नेपाल गुणस्तर परिषदका अध्यक्ष्य – उद्योगमन्त्री
१७.         ऋतुविचार कविताका लेखक – लेखनाथ पौड्याल
१८.         साहित्यमा सर्वप्रथम नोवेल पुरस्कार पाउने महिला – सेलमालागरलोफ (स्वीडेन)
१९.         पहिलो महान्याधिवक्ता – कालीप्रसाद उपाध्याय
२०.         हालका महान्याधिवक्ता – हरिकृष्ण कार्की
२१.         नेपलामा अव नगरपालिका नभएका ७ जिल्लाहरु: मनाङ, मुस्ताङ, रसुवा, डोल्पा, हुम्ला, कालिकोट र मुगु
२२.         सुदुर पश्चिमाञ्चलको पहिलो उपमहानगरपालिका - धनगढी
२३.         सेदुपोखरी कहाँ पर्दछ? – ताप्लेजुङ
२४.         अफगानिस्तानले कुन संस्करणदेखि सागमा भाग लिन थालेको हो? – नवौँ
२५.         नयाँ मुलुकी ऐन कहिले लागू भयो? – २०२० भाद्र १ देखि
२६.         जडाबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड कुन मन्त्रालय अन्तरगत पर्छ? – वन तथा भू-संरक्षण मन्त्रालय
२७.         लट्ठी नाच कुन जातिमा प्रचलित छ? – थारु
२८.         हिउँदमा सुख्खा तथा ग्रीष्ममा वर्षा हुनु कुन जलवायुको विशेषता हो? – मौसमी जलवायु
२९.         दोस्रो विश्युद्धमा इटालीको नेतृत्व कसले गरेका थिए? – मुसोलिनी
३०.         वि.सं. २००७ अघि नेपालको दौत्य सम्बन्ध कायम भएका राष्ट्रहरु – बेलायत, अमेरिका, भारत फ्रान्स
३१.         'मानिसको गौरव कहिल्यै नलड्नुमा होइन लडेपनि उठ्नुमा हुन्छ ।' – लियो टाल्सटाय
३२.          नेपालको संविधान २०७२ मा लोकसेवा आयोगको व्यवस्था – भाग २३
३३.         सरकारी सेवाको गठनसम्बन्धी व्यवस्था नेपालको संविधानको कुन धारामा छ? – २८५
३४.         रोजगारीको हक नेपालको संविधानको कुन धारामा छ? – ३३
३५.         काठमाण्डौ देखि सबभन्दा टाडाको सार्क राजधानी कुन हो? –माले
३६.         हालसम्म संयुक्त राष्ट्र संघको वडापत्रमा कति पटक संशोधन भइसकेको छ? – ५ पटक
३७.         लिच्छविकालमा कपडामा लगाउने कर – चैल कर
३८.         विचित्रताको महादेश - अष्ट्रेलिया
३९.         राष्ट्रिय भुकम्प मापन केन्द्र भुगर्भ विभाग अन्तर्गत पर्दछ, जुन उद्योग मन्त्रालय अन्तरगत पर्छ ।
४०.         मे २९ मा सगरमाथा दिवस मनाउन थालिएको – सन् २००८ देखि
४१.         नेपालका प्रथम प्रधानन्याधीश – हरिप्रसाद प्रधान
४२.         नेपालीको सरदर वार्षिक आय - ७७२ अमेरिकी डलर
४३.         कजाकस्तानको क्षेत्रफल – विश्वको ९ औँ र सबभन्दा ठूलो भूपरिवेष्ठित राष्ट्र
४४.         सोभियत संघ विघटन – सन् १९९१
४५.         नेपालको कुटनीतिक सम्बन्ध कायम भएका अन्तिम ५ राष्ट्रहरु (मातुसउक) – माउरिटानिया, तुभालु, समोआ, उज्वेकिस्तान र कजाकस्तान
४६.         ग्रीसको ऋण सबैभन्दा बढी भएको राष्ट्र – जर्मनी (६८.२ विलियन युरो
४७.         राखेपका पहिलो सदस्य सचिव – हीराप्रसाद जोशी
४८.         पहिलो महिला विशवकप - १९९१ फूटबल प्रतियोगिताको विजेता – अमेरिका (नर्वे २-१ ले पराजित)
४९.         राखेपका एकमात्र महिला सदस्य सचिव – शकुन्तला नगरकोटी (निमित्त)
५०.         कफी दिवस – अक्टोबर १
५१.         मर्स – मिडल इस्ट रेस्पिरेटोरी सिन्ड्रम
५२.         चीनमा One Child Policy लागू भएको – सन् १९८० सेप्टेम्बर १८
५३.         भारतका ११ औँ राष्ट्रपति – एपीजे अब्दुल क्लाम
५४.         SAARC ले हस्ताक्षर गरेको पहिलो संस्था – UNCTAD
५५.         नेपालको कान्छो उपमहानगरपालिका – धनगढी उपमहानगरपालिका
५६.         'नेपाल रत्न' प्राप्त गर्ने पहिलो व्यक्ति – गणेशमान सिंह
५७.         जैविक विविधताका हिसाबले विश्वको धनी राष्ट्र – इन्डोनेसिया
५८.         नेपालको संविधानमा व्यवस्था गरे अनुरुप ७ प्रदेशबाट सांसद संख्या - ५५०



स्रोत: सोपान मासिक, गोरखापत्र दैनिक, प्रशासनिक अभिरुची (आशिश बुक हाउस)


No comments: