Tuesday, June 30, 2015

संगठित अपराध



संगठित अपराध
सन् २००२ मा 'अन्तरदेशीय सङ्गठित अपाराधसम्बन्धी राष्ट्रसंघीय सम्मेलनले दिएको परिभाषा अनुसार "A group having at least three members taking same action in concert (i.e. together or in some coordinated manner) for the purpose of commiting a 'serious crime' and for the purpose of obtaining a financial or other benefits." यसर्थ संगठित अपराध भनेको कम्तीमा तीन सदस्य भएको समूह जसले कुनै गम्भिर अपराध गरी आर्थिक वा अन्य लाभ लिने उद्धेश्यले सामूहिक कार्य गरेका हुन्छन् ।
-    यसमा तीन सदस्य भनेका पहिलो अपराधिक समूह, दोस्रो संरक्षक र तेस्रो सहयोगी हुन् ।
-    यो निश्चित पदसोपानका आधारमा संचालन हुन्छ ।
-    यो गैरलोकतान्त्रिक हुन्छ । 'बोस'को आग्य मातहतकाले पालन गर्दछन् ।
-    'बोस' अर्थात हाकिमहरु सहायकको वरीपरी आउँदैनन् दूर नियन्त्रण अभ्यास हुन्छ ।
-    यस्ता संगठनहरु डर, स्वार्थ र आदेशबाट चल्ने हुन्छ । राज्य वा प्रतिद्वन्द्वीलाई सूचना दिएमा कठोर सजाय प्रप्त हुन्छ ।
संगठित अपराधका क्षेत्रहरु
-    मूख्य क्षेत्र सम्पत्तिसम्बन्धी अपराध हो ।
-    गैरकानुनी कार्य गरी कालो धन जम्मा गर्ने, सो को लगानी वैध वा अवैध रुपमा गर्ने ।
-    कुख्यात अपराधीहरु बनाउने ।
-    समानान्तर अर्थव्यवस्था संचालन गर्ने ।
-    अपराधलाई राजनीतिकरण गर्ने  आदि ।

सामाजिक सुरक्षा भनेको के हो?



सामाजिक सुरक्षा भनेको के हो? नेपालमा सामजिक सुरक्षासम्बन्धी के कस्ता कार्याक्रमहरु संचालन गरिएका छन्?          १०(२+८), ना.सु. २०७२
सामजिक न्याय प्राप्तिका लागि विशेष वर्ग (गरिव, वेरोजगार, अशक्त, अपाङ्ग, महिला, बाल बालिका, वृद्ध वृद्धा आदि) लाई राज्यले दिने विशेष  सेवा  सुविधा एवम् सहुलियतलाई सामजिक सुरक्षा भनिन्छ । सामाजिक सुरक्षा सामाजिक न्यायको अभिन्न अंग हो, जसले  सामाजिक र आर्थिक रुपमा असुरक्षित रहेका, जोखिममा रहेका विभिन्न वर्ग, समूह र व्यक्तिलाई विभिन्न उपाय, तरिकाबाट विशेष सहुलियत तथा सहायताको सुनिश्चितता गर्दछ ।
नेपालमा सामाजिक सुरक्षा सम्बन्धी भएका व्यवस्थाहरु
१.     ७० वर्ष पुगेका वृद्ध-वृद्धा तथा ६० वर्ष पुगेका एकल महिलालाई वृद्ध भत्ताको व्यवस्था
२.     विधवा महिलालाई विधवा भत्ताको व्यवस्था
३.     युवा स्वरोजगार कार्यक्रम तथा कर्णाली रोजगार कार्यक्रम
४.     कर्मचारीका लागि सञ्चयकोष, नागरिक लगानीकोष जस्ता कार्यक्रमहरु
५.     वालवालिकाका लागि छात्रवृद्धि कार्यक्रम
६.     रोजगारीजन्य जोखिमलाई सम्बोधन गर्न कर्मचारीको पारिश्रमिकमा १ प्रतिशत कर लगाई सामाजिक सुरक्षा कोषको स्थापना
७.     खाद्य सुरक्षाका दृष्टिले जोखिममा रहेका जिल्ला लक्षित कार्यक्रमहरु
८.     विभिन्न प्राविधिक शिक्षा कार्यक्रम

Monday, June 22, 2015

SET -3


  1. १.                नेपाल क्षेत्रफलका दृष्टिले विश्वको ९३ औँ र जनसँख्याको दृष्टिले ४१ औँ स्थानमा पर्छ ।
    २.                नेपालको कुल क्षेत्रफलको ७.०६% जलक्षेत्रले ओगटेको छ ।
    ३.                काठमाण्डौको उचाई सरदर १३३८ मिटर छ ।
    ४.                नेपालको कुल अन्तर्राष्ट्रिय सिमा २९२६ कि.मि. छ, जसमध्ये १२३६ कि.मि. चीनसँग र १६९० कि.मि. भारतसँग छ ।
    ५.                नेपाललाई २०१८ वैशाख १ गते नेपाललाई १४ अञ्चल ७५ जिल्लामा विभाजन गरियो ।
    ६.                नेपाललाई २०२९ असार १३ गते ४ विकास क्षेत्रमा र २०३७ आश्विन २६ गते ५ विकास क्षेत्रमा विभाजन गरियो ।
    ७.                दुई जिल्लासँगमात्र सिमा जोडिएका जिल्लाहरु झापा, दार्चुला र कञ्चनपुर ३ जिल्ला हुन् ।
    ८.                वि.सं. २०६८ को जनगणना अनुसार सहरी जनसंख्या १७.०७% रहेको छ ।
    ९.                वि.सं. २०६८ को जनगणना अनुसार साक्षरता दर ६५.९% (पुरुषको ७५.१% र ५७.४%) रहेको छ ।
    १०.           नेपालको प्रतिव्यक्ति आय ७२१ अमेरिकी डलर छ ।
    ११.           नेपालको उत्तर-दक्षिण चौडाई अधिकतम २४१ कि.मि. र न्यूनतम १४५ कि.मि. छ ।
    १२.           नेपालको प्रमाणिक समय २०४२ बैशाख १ देखि निर्धारण गरिएको हो ।
    १३.           नेपालको कान्छो जिल्ला कालिकोट २०३२ मंसिर २६ गते घोषणा भएको हो ।
    १४.           नेपालको काश्मिर भनेर जुम्लालाई चिनिन्छ ।
    १५.           नेपालको कुल भूमिको २० प्रतिशत भाग खेतीयोग्य भूमि रहेको छ ।
    १६.           नेपालको राजदुतावासहरु ३१ वटा रहेका छन् ।
    १७.           विदेशस्थित नेपालका महावाणिज्य दुतहरु ५ स्थानमा रहेका छन्; ल्हासा, हङ्कङ्, ग्वाङ्जाउ, कोलकत्ता र न्यूयोर्क ।
    १८.           नेपालमा विदेशका आवासीय दुतावासहरु २६ वटा छन् ।
    १९.           नेपालले वालश्रम उन्मूलन विषयक सन्धी, १९५७ लाई नेपालले सन् २००२ मा अनुमोदन गरयो ।
    २०.           वालअधिकार सम्बन्धी महासन्धी, १९८९ लाई सन् १९९० सेप्टेम्बर १४ मा अनुमोदन गरयो ।
    २१.           भ्रष्टचार बिरुद्ध संयुक्त राष्ट्रसंघीय महासन्धी, २००३ लाई नेपालले सन् २०११ फेब्रुअरी २४ मा अनुमोदन गरयो ।
    २२.           हाल नेपालमा जम्मा ९ वटा विश्वविद्यालयहरु संचालनमा रहेका छन् ।
    २३.           सबैभन्दा कम विद्यार्थी भएको विश्वविद्यालय लुम्बिनी विश्वविद्यालय हो ।
    २४.           नेपाल सबभन्दा बढी पर्यटक आउने ५ देशहरु क्रमश: भारत, चीन, श्रीलंका, अमेरिका र बेलायत हुन् ।
    २५.           नेपालका चार क्षेत्रीय विमानस्थलहरु पोखरा, विराटनगर, भैरहवा र नेपालगञ्ज हुन् ।
    २६.           नेपालमा जम्मा ४४ वटा आन्तरिक विमानस्थल रहेकामा ३५ वटा सञ्चालनमा रहेका छन् ।
    २७.           अन्तर्राष्ट्रिय उडान भर्ने नेपालका दुई विमान सेवाहरु नेपाल एयरलायन्स र बुद्ध एयर हुन् ।
    २८.           नेपालसँग द्वीपक्षीय हवाई सम्झौता भएका देशहरुको संख्या ३६ रहेको छ ।
    २९.           नेपाल टेलिभिजनलाई विश्वका ११६ देशबाट हेर्न सकिन्छ ।
    ३०.           वि.सं. २०१६ मा स्थापित नेपाल संवाद समिति र  वि.सं. २०१७ स्थापित सगरमाथा संवाद समितिलाई एकिकृत गरी २०१८ फागुन ७ राष्ट्रिय समाचार समितिको स्थापना भयो ।
    ३१.           ४६ शब्द र १२८ अक्षरसहितको हालको राष्ट्रिय गान २०६३ मंसिर १४ गते छनोट भई २०६४ श्रावण १८ गते व्यवस्थापिका संसदमा धुनसहित सार्वजनिक गरियो ।
    ३२.           नेपालको नयाँ निशाना छाप २०६३ पौष १५ गतेदेखि लागू भएको हो । यो निशाना छाप कलाकारहरु नविन्द्रमान राजभण्डारी, हिमालय गौतम र कृष्ण श्रेष्ठबाट संयुक्त रुपमा तयार गरिएको हो ।
    ३३.           नेपालको पहिलो कारागार वि.सं. १९५१ मा वीर शमशेरका पालामा बनेको केन्द्रीय कारागार हो ।
    ३४.           नेपालका ७२ जिल्लामा जम्मा कारागार संख्या ७४ रहेका छन् ।
    ३५.           काठमाण्डौ र दाङ जिल्लामा २/२ कारागार छन् । धनुषा, बारा र भक्तपुरमा कारागार छैनन् ।
    ३६.           ह्यात्रुङ झरणाको वास्तविक नाम "हिङ्गुवा" हो ।
    ३७.           नेपालको सबैभन्दा चौडा सडक विराटनगर मेन लाइन २ कि.मि. लम्बाईको सडक हो ।
    ३८.           सबैभन्दा लामो पक्की पुल कर्णाली नदीको गेरुवा पुल हो ।
    ३९.           विश्वमा सबैभन्दा ठूलो लालीगुँरास फूल इलामको बुधबारेमा फूल्दछ ।
    विश्वमा सबैभन्दा सानो लालीगुँरास फूल रारातालको छेउछाउमा पाइन्छ ।