Thursday, June 4, 2015

कार्वन व्यापार



कार्वन व्यापार
कार्वन व्यापार भनेको कार्वन उत्सर्जन गर्ने व्यक्ति, कम्पनी वा देशले कार्वन उत्सर्जन नगर्ने व्यक्ति, कम्पनि वा देशलाई निश्चित मूल्य दिई गरिने व्यापार हो । कार्वनको उत्सर्जनबाट वातावरण तथा समाजमा नकरात्मक असर पर्न नदिन कार्वनको मात्रामा सन्तुलन हुनु पर्दछ । विश्वका विकसित देशहरुले कार्वनयुक्त इन्धन खपत गरी औद्योगिक विकास गरिरहेका छन् भने कम विकसित देशले विकास बिना
कार्वन उत्सर्जनको असर भोगिरहेका छन् त्यहि क्षतिको पूर्तिस्वरुप कार्वन उत्सर्जन गर्नेले नगर्नेलाई रकम दिने व्यपार नै कार्वन व्यापार हो । कार्वन व्यापारका लागि प्राथमिकता प्राप्त निकाय (विशेषत राष्ट्र) ले कति मात्रामा प्रदुषण गर्ने अधिकार प्राप्त गरेको छ त्यति नै मात्रा बराबरको रकम थोरै उत्सर्जन गर्ने वा गर्दै नगर्ने निकाय वा राष्ट्रलाई तिर्नुपर्ने हुन्छ ।
कार्वन व्यापारलाई लिएर भएको क्योटो प्रोटोकललाई संस्थागत उपलव्धी मान्न सकिन्छ । जापानको शहर क्योटोमा विश्वका करिव १८० मुलुकहरुको सहभागितामा सन् १९९७ को डिसेम्वरमा हस्ताक्षर गरेको प्रोटोकल अनुसार विश्वका ३८ औद्योगिक मुलुकहरुलाई हरितगृह ग्यास उत्सर्जनमा कमी ल्याउन र १९९० को अवस्थामा अर्थात ५.२ प्रतिशतमा झार्नुपर्ने सहमति भएको थियो ।
नेपालले वायोग्यास उत्पादन र यसको उपयोगवाट कार्वनको मात्रालाई उत्सर्जन हुनवाट जोगाई संचित गर्न सकेकोमा सि.डि.एम.वाट झण्डै ने.रु. ४३.४ मिलिनियम अर्थात यू.एस.डलर ९६७०००।- प्राप्त गर्ने भएको छ । यसरी नेपाल वायोग्यास प्रोजेक्ट सि.डि.एम.अन्तर्गत कार्वन व्यापारवाट आम्दानी गर्ने नेपालको पहिलो कम्पनी भएको छ । सन् २०१४ मा कार्वन व्यापारका लागि नेपाल र घाना छनौट भएका छन् ।

No comments: