Wednesday, June 17, 2015

संवैानिक अंगहरु

भाग ११ अख्तियार दुरुपयोग अनुसन्धान आयोग
–    एक प्रमुख आयुक्त र आवश्यक संख्यामा आयुक्तहरु रहन्छन्
–    पदावधि ६ वर्षको हुने
–    उमेर हद ६५ वर्ष हुने
–    स्नातकोपाधि प्राप्त गरेको हुनुपर्ने
–    कम्तिमा २० वर्षको अनुभव भएको हुनुपर्ने


    भाग १२ महालेखापरीक्षक
–    महालेखापरीक्षकमा नियुक्त व्यवस्थापन, वाणिज्यशास्त्र लेखामा स्नातकोपाधि प्राप्त गरी वा चार्टर्ड एकाउन्टेन्सी परिक्षा उत्तीर्ण गरी नेपाल सरकारको विशिष्ट श्रेणीमा काम गरेको वा लेखापरीक्षणसम्बन्धी काममा कम्तीमा २० वर्ष अनुभव भएको हुनुपर्ने
–    सर्वोच्च अदालत, व्यवस्थापिका संसद संविधानसभा, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, महालेखापरीक्षक, लोकसेवा आयोग, निर्वाचन आयोग, राष्ट्रिय मानव अधिकार आयोग, महान्यायधिवक्ताको कार्यालय तथा अन्य संवैधानिक निकायको कार्यालय र नेपाली सेना एवं सशस्त्र प्रहरी वा नेपाल प्रहरी लगायतका सबै सरकारी कार्यालय र अदालतको लेखा कानुनद्वारा निर्धारित तरिका बमोजिम महालखापरीक्षकले लेखापरीक्षण गर्ने ।
–    कानुनद्वारा निर्धारित तरिका बमोजिम नियमितता, मितव्ययिता, कार्यदक्षता, प्रभावकारिता र औचित्यसमेतको विचार गरी लेखापरीक्षण गर्नुपर्ने


    भाग १३ लोकसेवा आयोग
१२५. लोकसेवा आयोगः (१) नेपालमा एक लोकसेवा आयोग हुनेट, जसमा अध्यक्ष र आवश्यकता नुुसार अन्य सदस्यहरु रहनेछन् ।
(२) राष्ट्रपतिले संवैधानिक परिषदको सिफारिसमा लोकसेवा आयोगका अध्यक्ष र सदस्यहरुको नियुक्ति गर्नेछ ।
(३) लोकसेवा आयोगका सदस्यहरुमध्ये कम्तीमा पचास प्रतिशत सदस्यहरु बीस वर्ष वा सो भन्दा बढी अवधिम्म कुनै सरकारी सेवामा रहेका व्यक्तिहरुमध्येबाट र बाँकी सदस्यहरु विज्ञा, प्रविधि, कला साहित्य, कानुन, जनप्रशासन, समाजशास्त्र वा राष्ट्रिय जीवनका अन्य क्षेत्रमा शोध, अनुसन्धान, अध्यापन वा कुनै महत्वपूर्ण कार्यगरी ख्याति प्राप्त गरेका व्यक्तिहरुमध्येबाट नियुक्त हुनेछन् ।
(४) उपधारा (८) को प्रतिबन्धात्मक वाक्यंशको खण्ड पदावधि नियुक्ति भएको मितिले छ वर्षको हुनेछ ।
तर, (क) सो पदावधि पुरा हुन अगावै लोकसेवा आयोगको अध्यक्ष वा सदस्यको उमेर पैंसट्ठी वर्ष पूरा भएमा निज आफ्नो पदमा बहाल रहने छैन ।
(ख) लोकसेवा आयोगको अध्यक्ष र सदस्यलाई सवोच्च अदालतको न्यायधिश सरह समान आधारमा र समान तरिकाले सो पदबाट हटाउन सकिनेछ ।
(५) देहायका अवस्थामा लोकसेवा आयोगको अध्यक्ष वा सदस्यको पद रिक्त भएको मानिनेछः
(क) निजले राष्ट्रपति समक्ष राजीनामा दिएमा,
(ख) उपधारा (४) बमोजिम निजको पदावधि पूरा भएमा वा  निज आफ्नो पदमा नरहेमा,
(ग) निजको मृत्यु भएमा ।
(५) देहायबमोजिम नभई कुनै व्यक्ति लोकससेवा आयोगको अध्यक्ष वा सदस्यको पदमा नियुक्तिको लागि योग्य हुनेछैन ः
(क) नेपाल सरकारबाट मान्यता प्राप्त विश्वविद्यालयबाट स्नाकोत्तर उपाधि प्राप्त गरेको,
(ख) नियुक्ति हुँदाका बखत कुनै राजनीतिक दलको सदस्य नरहेको,
(ग) पैंतालिस वर्ष उमेर पूरा भएको र
(घ) उच्च नैतिक चरित्र कायम भएको
१२६. लोकसेवा आयोगको काम, कर्तव्य र अधिकार ः निजामती सेवाको पदमा नियुक्तिको निमित्त उपयुक्त उम्मेदवार छनोट गर्न परीक्षा सञ्चालन गर्नु लोकसेवा आयोगको कर्तव्य हुनेछ ।
ठद्ध।    भाग १४ निर्वाचन आयोग
१२८ः प्रमुख निर्वाचन आयुक्त र अन्य चार जनासम्म आयुक्त रहनेछन् ।


    भाग १५ राष्ट्रिय मानवअधिकार आयोग
१३१ः मानवअधिकारको संरक्षण संवद्र्धनको क्षेत्रमा विशिष्ट योगदान पु¥याएका सर्वोच्च अदालतको प्रधानन्याधीश वा न्यायधीश पदबाट सेवा निवृत्त व्यक्ति वा मानवअधिकारकोसंरक्षण र संवद्र्धन वा समाजसेवाका क्षेत्रमा क्रियाशील रही विशिष्ट योगदान पु¥याएका ख्यातिप्राप्त व्यक्तिहरुमध्येबाट एकजना अध्यक्ष रहने
४ जना सदस्यको नियुक्ति गर्दा महिलासहित विविधता कायम गर्नुपर्ने ।
१३२ः सैनिक ऐनको क्षेत्राधिकारभित्रको विषयको राष्ट्रिय मानवअधिकार आयोगलाई क्षेत्राधिकार हुनेछैन ।


    भाग १६ महान्यायधिवक्ता
१३४ः सर्वोच्च अदालतको न्यायधिश हुन सक्ने योग्यता नभई कुनै पनि व्यक्ति महान्यायधिवक्ताको पदमा पदमा नियुक्तको लागि योग्य मानिने छैन

No comments: