अन्तरवार्ता सामना (फेस) गर्नु अधिकांशका लागि सहज काम होइन । अन्य बेलामा आत्मविश्वासी देखिने मानिस पनि अन्तरवार्ताका लागि बस्दा आफ्नो आत्मविश्वास गुमाउन पुगेको अनुभव तपाईंहामीसँग प्रशस्तै छन् । कुनै कार्यालयमा आवेदन दिँदा जब अन्तरवार्ताका लागि बोलाइन्छ, मुटुको धड्कन बढ्छ । प्रायः आवेदकले एक हदसम्म आफ्नो आत्मविश्वास गुमाउन पुग्छन् । तपाईंमध्ये कोही अन्तरवार्ताबाट छनोट भएर जागीर गरिरहनुभएको होला । कसैले भने अन्तरवार्तामा असफल भएको अनुभव सँगाल्नुभएको होला । जस्तो कि, जडीबुटीमा बस्ने विपना भण्डारीले ३ वर्षअगाडि नै राम्रो अङ्क ल्याएर स्टाफ नर्स पास गरिसकेकी थिइन् । उनले पाटन अस्पताल, शहीद गङ्गालाल हृदयरोग अस्पताल, छाउनी अस्पतालमा आवदेन दिइन् । तर, हरेक परीक्षामा उत्कृष्ट देखिने उनी अन्तरवार्तामा सफल हुन सकिनन् । उनका अनुसार जब अन्तरवार्ताका लागि बस्थिन्, नर्भस त हुन्थिन् नै, आफूलाई आउने उत्तर पनि अन्तरवार्ता लिने मानिसलाई बताउन सक्दिनथिन् । त्यसपछि कसरी अन्तरवार्ता फेस गर्ने भनेर उनले यससम्बन्धी अध्ययन गरिन्, घरमा र साथीसँग अभ्यास पनि गरिन् । अहिले भने उनी अन्तरवार्तामा सफल भई एक नाम चलेको अस्पतालमा काम गरिरहेकी छन् ।
हामीमध्ये पनि धेरै अन्तरवार्ता कसरी राम्रो बनाउने भन्ने सोचमा हुन सक्छौं । संसारभर नै विभिन्न संस्था र व्यक्तिले अन्तरवार्ताका लागि आआफ्ना मानक प्रस्तुत गरेका छन् । तीमध्ये केही मानकलाई विभिन्न वेबसाइटहरूको सहयोगमा तल प्रस्तुत गरिएको छ : अन्तरवार्ता लिने व्यक्तिले खोज्ने मुख्य कुरा भनेको ‘तपार्इं’ ऊसँग भएको पदका लागि उपयुक्त मान्छे हो वा होइन पत्ता लगाउनु हो । याद राख्नुहोस्, अन्तरवार्ता लिने व्यक्ति पनि दबाबमै रहेका हुन्छन् । किनकि, कार्यालयमा रिक्त भएको पदका लागि चाँडै मानिस राख्नुपर्छ । त्यसैले, तपाईं कमजोर होइन, सोचेभन्दा बढी शक्तिशाली हुनुहुन्छ । त्यसैले, अन्तरवार्ताको त्रासमा नबस्नुहोस्, बरु अफर गरिएको कामका लागि आवश्यक योग्यता र अनुभवमा केन्द्रित हुनुहोस् ।
अन्तरवार्ता लिने व्यक्तिले खोज्ने दोस्रो महत्वपूर्ण गुण कम्पनी प्रवद्र्धनका लागि तपार्इंसँग क्षमता छ/छैन जाँच्नु हो । तेस्रो कुरा, उक्त कम्पनीको वातावरण तपाईंलाई काम गर्न उपयुक्त हुन्छ/हुँदैन निर्णय गर्नु हो ।
उत्कृष्ट तयारी नै सफल अन्तरवार्ताको कारक हो
हामीमध्ये पनि धेरै अन्तरवार्ता कसरी राम्रो बनाउने भन्ने सोचमा हुन सक्छौं । संसारभर नै विभिन्न संस्था र व्यक्तिले अन्तरवार्ताका लागि आआफ्ना मानक प्रस्तुत गरेका छन् । तीमध्ये केही मानकलाई विभिन्न वेबसाइटहरूको सहयोगमा तल प्रस्तुत गरिएको छ : अन्तरवार्ता लिने व्यक्तिले खोज्ने मुख्य कुरा भनेको ‘तपार्इं’ ऊसँग भएको पदका लागि उपयुक्त मान्छे हो वा होइन पत्ता लगाउनु हो । याद राख्नुहोस्, अन्तरवार्ता लिने व्यक्ति पनि दबाबमै रहेका हुन्छन् । किनकि, कार्यालयमा रिक्त भएको पदका लागि चाँडै मानिस राख्नुपर्छ । त्यसैले, तपाईं कमजोर होइन, सोचेभन्दा बढी शक्तिशाली हुनुहुन्छ । त्यसैले, अन्तरवार्ताको त्रासमा नबस्नुहोस्, बरु अफर गरिएको कामका लागि आवश्यक योग्यता र अनुभवमा केन्द्रित हुनुहोस् ।
अन्तरवार्ता लिने व्यक्तिले खोज्ने दोस्रो महत्वपूर्ण गुण कम्पनी प्रवद्र्धनका लागि तपार्इंसँग क्षमता छ/छैन जाँच्नु हो । तेस्रो कुरा, उक्त कम्पनीको वातावरण तपाईंलाई काम गर्न उपयुक्त हुन्छ/हुँदैन निर्णय गर्नु हो ।
उत्कृष्ट तयारी नै सफल अन्तरवार्ताको कारक हो
- अन्तरवार्तामा तपार्इंलाई सोध्न सक्ने सम्भावित प्रश्नहरूबारे तयार हुनुहोस् ।
- आवेदन दिएको कम्पनीका बारेमा पर्याप्त अध्ययन गर्नुहोस् ।
- अन्तरवार्ता लिने व्यक्तिलाई सोध्न सकिने केही प्रश्न आफैले पनि तयार गर्नुहोस् ।
- समयभित्रै सोधिएका प्रश्नको उत्तर दिन सक्ने बन्नुहोस् ।
अन्तरवार्तामा सोधिने केही सम्भावित प्रश्न र उत्तरको प्रकार :
प्रश्न : आफ्नै बारेमा बताइदिनुहोस् न ?
उत्तर : यस्तो प्रश्नमा तपाईंले त्यस्ता विशेषता बताउनुपर्छ, जसले तपाईंले खोजिरहेको पदका लागि उपयुक्त देखाओस् ।
प्रश्न : तपाईंको दीर्घकालीन उद्देश्य के हो ?
उत्तर : यस्तो बेला ‘करीअयर’प्रधान उत्तर दिनुपर्छ ।
प्रश्न : किन गरिरहेको काम छाड्नुभयो ?
उत्तर : ‘मैले अझ बढी उत्तरदायी काम, अझ राम्रो मौका र बढी आम्दानी खोजिरहको थिएँ’ भन्ने उत्तर हुन सक्छ । तर, यस्तो उत्तर दिँदा पूर्वरोजगारदातालाई भने हानि पुग्ने गरी बोल्नुहुँदैन । किनकि, ऊ सायद अन्तरवार्ता लिने व्यक्तिको गोल्फ खेल्ने साथी हुन सक्छ ।
प्रश्न : किन यही काम चाहनुहुन्छ ?
उत्तर : ‘यो काम बढी उत्तरदायी र अझ राम्रो मौका भएकाले’ भन्न सक्नुहुन्छ । तर, मेरो घर वा व्यायामशालाबाट नजिक भएकाले भनेर कहिल्यै नभन्नुहोस् ।
प्रश्न : तपाईंको सबल पक्ष के हो ?
उत्तर : यस्तो प्रश्नमा तपार्इंले आफ्ना सफलता र अनुभवलाई बताउन सक्नुहुन्छ, जुन अहिले खोजिरहेको कामका लागि पनि सहयोगी बन्न सक्छ । त्यस्तै, आफ्ना उदाहरणहरू दिनुहोस्, जसले गर्दा कम्पनी र तपार्इंका लागि फाइदा वा राम्रो भएको होस् । प्रश्न : तपाईंका दुर्बल पक्षचाहिँ केके छन् ? उत्तर : तपार्इंका दुर्बल पक्षहरू यसरी बताउनुहोस् कि ती दुर्बलता हुँदाहुँदै पनि तपाईं अहिले गर्न खोजेको कामका लागि सक्षम हुनुहुन्छ । ‘म सधैं काम ढिलो गर्छु’ नभन्नुहोस् । बरु, ‘म काम गरिरहनुपर्ने (वर्कहोलिक) प्रकृतिको छु,’ भन्दा राम्रो हुन्छ ।
अन्तरवार्ताको क्रममा तपाईंले पनि प्रश्न सोध्न सक्नुहुन्छ । यसले निम्न किसिमका फाइदा गर्छ :
- यसले अन्तरवार्ता लिने व्यक्तिलाई सकारात्मक असर पुर्याउँछ ।
- यसले तपाईंले आँट्नुभएको पद र कम्पनीबारे अझ बढी जानकारी दिन्छ ।
- यसले अन्तरवार्ता लिने व्यक्तिरको ध्यानलाई ‘डाइभर्ट’ गर्छ, जसले गर्दा तपार्इंले कुरा गर्न नचाहिरहनुभएको विषयबाट बच्नुहुन्छ ।
- अन्तरवार्ता लिने व्यक्तिसँग सम्बन्ध र बुझाइ गाढा बनाउन सहयोग गर्छ ।
- यसले कम्पनी र कामप्रति तपाईंको भित्री इच्छालाई दर्शाउँछ ।
- तर, प्रश्नहरू पद र कम्पनीमा केन्द्रित हुनुपर्छ । पदको अफर नगरेसम्म तलब, सेवा र सुविधासम्बन्धी प्रश्न गर्नुहुँदैन । तपार्इंको प्रश्नले कम्पनीको इतिहास, सफलता र समस्याबारे तपाईंलाई विस्तृत ज्ञान छ भन्ने देखाउन सक्नुपर्छ ।
उदाहरणका लागि तपार्इंले सोध्न सक्ने केही प्रश्न निम्न छन् :
- यस पदका मुख्य उत्तरदायित्वहरू केके हुन् ?
- सबैभन्दा अप्ठ्यारो पक्ष के हो ?
- मेरो कामको मूल्याङ्कन कसरी हुन्छ ?
- कम्पनीले आगामी १ वर्षमा राखेको लक्ष्य के छन् ?
- कम्पनीका सबैभन्दा ठूला प्रतिद्वन्द्वी कोको हुन् ?
कम्पनीसम्बन्धी जानकारी पाइने ठाउँ
- आर्थिक पत्रिका, म्यागेजिनहरू
- वल्र्डवाइड वेब, वार्षिक प्रतिवेदनहरू
- कम्पनीको आफ्नै वेबसाइट
- अनलाइन प्रेस रिपोर्टहरू, सङ्ग्रहित लेखहरू
- स्थानीय पुस्तकालय
अन्तरवार्तामा तपाईंले आफ्नो क्षमता र दक्षता देखाउनुहुन्छ । अन्तरवार्तामा प्रस्तुत हुन निम्न सुझावहरू प्रभावकारी छन् :
- तपाईं सफा र फूर्तिलो देखिनुपर्छ । उपयुक्त र पदसुहाउँदो लुगा लगाउनुपर्छ । उदाहरणका लागि एउटा विद्यार्थी अन्तरवार्तामा जाँदा कम्पनीको प्रबन्ध निर्देशकले लगाउनेभन्दा महँगो लुगा लगाएमा नकारात्मक धारणा विकास हुन सक्छ ।
- व्यावसायिक कपडा लगाउनुहोस् । अतिले खती गर्छ भनेजस्तै लामो कपाल, जिन्स, टी–शर्ट (केटा हुनुहुन्छ भने) र मेकअप, गहना अस्वाभाविक (महिला हुनुहन्छ भने) हुनुहुँदैन ।
- अभ्यासले मानिसलाई पूर्ण बनाउँछ । त्यसैले, ऐना वा साथीअगाडि अन्तरवार्ताको अभ्यास गर्नुहोस् । अभ्यासले अन्तरवार्ताको तनाव घटाउन पनि सहयोग गर्छ ।
- अन्तरवार्तामा सोधिएका प्रश्नको उत्तर सटिक र विश्वस्त भएर दिनुहोस् । अन्य अन्तरवार्ता लिने व्यक्तिसँग पनि आँखा जुधाएर गरी उत्तर दिनुहोस् । ‘हो वा होइन’मा उत्तर नदिनुहोस् ।
- मोबाइल, आईपडलगायतको स्वीच अफ गर्नुहोस् । अन्तरवार्ताका लागि पर्खिंरहँदा धूमपान नगर्नुहोस् । ध्यानपूर्वक प्रश्न सुन्नुहोस्, प्रस्ट नभएमा पुनः सोध्नुहोस् ।
- अन्तरवार्ताको क्रममै तपार्इं कामप्रति गहिरो इच्छा भएको र दक्ष रहेको प्रमाणित गर्नुहोस् । सकारात्मक सोच्नुहोस् र सम्भव भएसम्म उत्कृष्ट उत्तर दिने प्रयास गर्नुहोस् ।
- तपाईंको अन्तरवार्ता लिने सबैलाई ‘धन्यवाद’ भन्न नभुल्नुहोस् ।
अन्तरवार्ता यात्राका लागि सुझाव
- १० देखि १५ मिनेट अगाडि पुग्नुहोस् ।
- कम्पनीको सही ठेगाना र पुग्ने बाटोका बारेमा निश्चित हुनुहोस् ।
- आफ्नै सवारीसाधन भए पार्किङ र सार्वजनिक सवारीसाधन भए त्यसको पहुँच छ/छैन त्यसबारे जानकारी राख्नुहोस् ।
- आखिरी नै परेर तपार्इं ढिला हुनुभयो भने फोन गर्न कम्पनीको मोबाइल वा टेलिफोन नम्बर साथमा राख्नुहोस् ।
- सबैसँग नम्र भएर बोल्नुहोस्, के थाहा अन्तरवार्तामा तपाईंसँग बोल्ने व्यक्ति कम्पनीको प्रबन्ध निर्देशकको आफ्नै काका/मामाको छोरो वा छोरी पनि त हुन सक्छ, जोसँग तपाईंले बुझाउनुभएका सबै प्रमाणपत्र (बायोडाटा) रहेको होस् ।
अन्तरवार्ता लिने व्यक्तिलाई प्रभावित बनाउने मुख्य कुरा
- तपाईंले अन्य संस्थामा गरेको कामको अनुभव
- अन्तरवार्तामा तपार्इंको व्यक्तित्वको प्रस्तुतीकरण
- तपाईंको पृष्ठभूमि र ‘बायोडाटा’मा उल्लिखित ‘रिफरेन्स’
- काम र कम्पनीप्रति तपाईंले देखाउने उत्साह
- पदका लागि आवश्यक योग्यता
हामीमध्ये धेरै जागीरका लागि अन्तरवार्ता सामना गर्न डराउँछौं । तर, गहिरिएर मनन गर्ने हो भने यो नै सफलताको कुची हो । यसकारण अन्तरवार्ताप्रति सही व्यवहार र सकारात्मक धारणा राख्नु महत्वपूर्ण हुन्छ । यसले तपाईंलाई सफल बनाउँछ ।
प्रस्तुति : जीवन बस्नेत
No comments:
Post a Comment