Friday, June 5, 2015

निजामती सेवा ऐन, २०४९ को तेस्रो संशोधन -२०७०



निजामती सेवा ऐन, २०४९ को तेस्रो संशोधन -२०७०
निजामती सेवा ऐन, २०४९ को तेस्रो संशोधन -२०७० राजपत्रमा वि.सं. २०७०।१२।१२ गते प्रकाशित भएको थियो । यो संशोधित ऐन २०७० चैत्र २९ देखि लागू हुनेगरी जारी गरिएको थियो । यस संशोधनका मूख्य व्यवस्थाहरु:
-    निजामती ऐनलाई मूल ऐन भनिने
-    अपांगता भएको व्यक्तिको निजामती सेवा प्रवेशको उमेरहद ३५ बाट ४० वर्ष कायम गरिएको
-    खुला प्रतियोगिताबाट हुने पदपूर्तिको राजपत्र अनंकित द्वितीय, खरिदारको ६० बाट ७०% तथा राजपत्र अनंकित प्रथम, नायब सुब्बाको ६० बाट ४०% मा कायम गरिएको
-    २४ घ१ को बढुवासम्बन्धीको विशेष व्यवस्था खारेज गरिएको
-    ज्येष्ठता तथा कार्यसम्पादन मूल्याङ्नबाट हुने बढुवा प्रतिशतमा वृद्धि
-    राजपत्राङ्कित तृतीय श्रेणीको पदमा जेष्ठता तथा कार्यसम्पादन मूल्याङ्कनद्वारा हुने बढुवाका लागि सम्भाव्य उम्मेदवार नभए त्यस्ता पद खुला प्रतियोगिताबाट पूर्ति गरिने
-    एक श्रेणी मुनिको पद नभएको सेवा, समूह वा उपसमूहको रिक्त सबै पद खुला प्रतियोगिताबाट पूर्ति गरिने ।
-    उपदफा १० मा उल्लिखित 'सोही वर्ष' भन्ने शब्दहरुको सट्टा 'अर्को वर्ष' भन्ने शब्दहरु राखिएको
-    राजपत्राङ्कित द्वितीय र प्रथम श्रेणीको खुला प्रतियोगिताको प्रयोजनको लागि आवश्यक अनुभवको अवधी गणना गर्दा प्रति हप्ता कम्तिमा ४० हप्ता काम गरेकोलाई मात्र मान्यता दिइने
-    राजपत्र अनंकित कर्मचारीको सरुवा गर्दा कर्मचरीले स्वेच्छाले निवेदन दिएको तथा विशेष परिस्थिति बाहेक भौगोलिक क्षेत्रमा तोकिएको न्यूनतम अवधी पुरा नभई कुनै कर्मचारीको सरुवा नगरिने
-    १० वर्ष सेवा अवधी नपुगी सरुवा नगरिने प्रावधानलाई ७ वर्षमा कायम गरिएको
-    राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिवको पदमा कार्यसम्पादन मुल्याङ्कनको व्यवस्था
-    ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनबाट हुने बढुवामा सबैभन्दा वढी सेवा अवधी पुगेकालाई प्राथममिकता दिइने
-    बढुवा प्रयोजनको लागि बढुवा हुने पदभन्दा एक श्रेणी मुनिको पदको लागि आवश्यक न्यूतम योग्यता तथा कम्तिमा एक महिनाको सेवाकालीन तालिम लिएको हुनुपर्ने
-    वढुवा प्रयोजनमा आवश्यक परे पुल  दरवन्दी सिर्जना गरिने
-    कर्मचारीको पहिलोपटक पदस्थापन गर्दा कर्मचारीको रुची तथा चाहनाको प्राथमिकताक्रम निर्धारण गर्न लगाई पदस्थापन गरिने
-    महिला विकासतर्फको स्थायी पदमा अस्थायी नियुक्ति पाई कम्तीमा ५ वर्ष निरन्तर सेवा गरेका महिला कर्मचारीको सेवा अवधी गणना गर्दा स्थायी नियुक्ति भएको मितिले ६० दिनभित्र अवधी जोडाउन निवेदन दिएमा त्यस्तो सेवा अवधीको शत प्रतिशत सेवा अवधी निवृतिवरण वा उपदानको प्रयोजनको लागि हालको सेवा अवधीमा गणना गरिने

No comments: