चालु तेह्रौँ
योजना (आ.व. २०७०-७१\७३) ले लिएको दीर्घकालीन् सोँच, उध्देश्य, लक्ष्य र रणनीति
लेख्नुहोस् ।
१.
दीर्घकालीन
सोँच
वि.सं. २०६९ (सन् २०२२) भित्र नेपाललाई अतिकम
विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नती गर्ने ।
२.
उध्देश्य
देशमा ब्याप्त आर्थिक तथा मानवीय गरिवी घटाई
आमजनताको जीवनस्तरमा प्रत्यक्ष परिवर्तनको अनुभूति दिलाउने ।
३.
लक्ष्य
गरिवीको रेखामुनि रहेको जनसंख्या १८ प्रतिशतमा
झार्ने ।
४.
रणनीति
– विकास प्रक्रियामा निजी, सरकारी र सहकारी
क्षेत्रको योगदान अभिवृध्दि गरी समावेशी, फराकिलो र दिगो आर्थिक वृध्दि हासिल
गर्ने ।
– भौतिक पूर्वाधारको विकास गर्ने ।
– सामाजिक सेवाका क्षेत्रहरुमा पँहुच उपयोग र
गुणस्तर अभिवृध्दि गर्ने ।
– सार्वजनिक तथा अन्य क्षेत्रहरुमा सुशासन
अभिवृध्दि गर्ने ।
– लक्षित वर्ग, क्षेत्र र समुदायको आर्थिक र
सामाजिक सशत्तिकरणमा अभिवृध्दि गर्ने ।
– जलवायु परिवर्तनसँग अनुकुलित हुने गरी विकास
कार्यक्रमहरु संचालन गर्ने ।
No comments:
Post a Comment