लिखित प्रश्नः खाद्य सम्प्रभुता भनेको के हो (What is food sovereignty)? [5]
उत्तरः
☼ पर्यावरण दिगोपनालाई मध्यनजर राखी उत्पादन गरिएका स्वच्छ, स्वस्थ, सफा र उपयुक्त खाद्यान्न प्राप्त गर्ने व्यक्तिको अधिकारलाई खाद्य सम्प्रभुता भनिन्छ । खाद्य सम्प्रभुताले उत्पादकलाई नै त्यसको उपभोग, भण्डारण र बिक्री वितरणको पहिलो अधिकारप्राप्त पक्ष मानेको छ ।
☼ किसानहरुका कृषि उब्जनीहरु के कति उपभोग गर्ने, कति मूल्यमा बिक्री वितरण गर्ने, कति भण्डारण गर्ने र कृषि क्षेत्रमा दिगो निकासी कसरी गर्ने भन्ने विषयवस्तुमा कृषकहरुकै भूमिका निर्णायक हुन्छ भन्ने व्यवस्थालाई खाद्य सम्प्रभुता भनिन्छ ।
☼ खेतिपातिको काम गर्ने मानिसहरुले खाद्यान्न उत्पादन गर्ने, बिक्री वितरण गर्ने तथा उपभोग गर्ने सन्दर्भमा राष्ट्रका नीति निर्माण गर्ने तौरतरिकामा महत्वपूर्ण भूमिका हुनुपर्छ भन्ने मान्यता नै खाद्य सम्प्रभुता हो ।
☼ खाद्य सम्प्रभूताले पछिल्लो पुस्ताको चाहनालाई ध्यानमा राखी उत्पादन, वितरण र उपभोग गर्नुपर्छ भन्ने मान्यता राख्दछ ।
☼ खाद्य सम्प्रभुताले राष्ट्रिय अर्थतन्त्रलाई प्राथमिकता दिई किसानहरुको सशक्तिकरण गर्दै खेत, मल, बीउ, पानी, पशुपालन, मत्स्यपालन, चरन क्षेत्र तथा जैविक विविकताको प्रयोग र व्यवस्थापन गर्ने अधिकार प्रदान गर्दछ ।

No comments:
Post a Comment